दफा २१
भूमि बैङ्क सम्बन्धी व्यवस्था
(१) भूउपयोग वर्गीकरण सम्बन्धी व्यवस्था कार्यान्वयन गर्न, भूमिको अधिकतम उपयोग गरेर उत्पादकत्व वृद्धि गर्न नेपाल सरकारले आवश्यकता अनुसार स्थानीय तहमा भूमि बैङ्कको स्थापना गर्न सक्नेछ। (२) भूमि बैङ्क सम्बन्धी अन्य व्यवस्था _तोकिए बमोजिम हुनेछ।